बैशाख ०४, २०८२, बिहीबार

ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन प्रदान


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले सडक सुरक्षाको फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई मापसे परीक्षण गर्ने ब्रेथलाइजर मेसिन प्रदान गरेको छ ।

नगर प्रमुख धनराज आचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयलाई ३ थान ब्रेथलाइजर मसिन हस्तान्तरण गरेका हुन् ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुनसक्ने दुर्घटना न्यूनीकरणमा यो मसिनको प्रयोगले महत्त्वपूर्ण सहयोग पुग्ने ट्राफिक प्रहरीको विश्वास छ ।

यस मसिनको सहायतामा चालकले मापसे गरे वा नगरेको थाहा पाइने भएकाले सडक सुरक्षामा यो उपयोगी हुने गरेको हो ।

ट्राफिक व्यवस्थापनका लागि मुख्यचोकहरुमा ट्राफिक लाइट, सीसीटीभी क्यामेरा, स्मार्ट सडक बत्ती जडानलगायत कार्यमा सहयोग गरिरहेको महानगरपालिकाले पछिल्लो पटक भने तीन लाख ५० हजार बढीका तीन थान ब्रेथलाइजर मसिन प्रदान गरेको हो ।

Copyright © 2024 | All rights reserved.