बैशाख ०४, २०८२, बिहीबार

घुस रकमसहित पोखरा महानगरका कर्मचारी गिरी अख्तियारको फन्दामा


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाका कपिल गिरी छन् । गिरी महानगरको फाइल फस्र्यौट शाखामा कार्यरत अधिकृत स्तरका कर्मचारी हुन् । 

गिरीलाई न्यूरोडस्थित रक्षा नर्सरीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनले अख्तियारमा मुद्दा परेको र उक्त मद्दा मिलाउन भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ । 

Copyright © 2024 | All rights reserved.