बैशाख ०४, २०८२, बिहीबार

आज शनिबार कस्तो होला तपाईंको राशिफल ?


Advertisement Image
clock icon 3 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ चैत ९ गते शनिबार, इस्वीसंवत मार्च २२ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको अष्टमी तिथि रातिमा १२ः५५ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा मूल रातिमा ११ः२७ बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात २२ घटि ४० पलासम्म त्यसपछि वरियान लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि १९ पला अर्थात १२ घण्टा ०९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०८ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि बिहानमा ९ः५९ बजे रहेको छ । आज शितलाष्टमी व्रत गर्ने दिन तथा गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः आज स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसँग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नया“ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला ।

वृषः आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, पैसा कमाउन गरेका प्रयास व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पश्चिम दिशाको यात्रामा ध्यान पुर्याउनुहोला । 

मिथुनः आज स्वास्थ्य मजवुद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नया“ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।

कर्कटः आज एक्कासि धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तस“ग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुुनेछ ।

सिंहः आज स्वास्थ्य ठीक–ठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबढी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

कन्याः लागि आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पुर्याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंशिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ । 
 
तुलाः आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।

वृश्चिकः आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा–उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला ।

धनुः आज पनि दिन अत्यन्तै शुभ छ, एक्कासि आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

मकरः आज पनि समय त्यति राम्रो छैन, खाने कुरामा गडबढी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असर समेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।

कुम्भः आज पनि समय शुभ छ, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।

मीनः आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसाबले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्ती समेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।
 
साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०८ बजेदेखि ७ः३९ बजेसम्म काल बेला
बिहान ७ः३९ बजेदेखि ९ः१० बजेसम्म शुभ बेला
बिहान ९ः१० बजेदेखि १०ः४० बजेसम्म रोग बेला
बिहान १०ः४० बजेदेखि १२ः११ बजेसम्म उद्धेग बेला
दिनमा १२ः११ बजेदेखि १ः४२ बजेसम्म चर बेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म लाभ बेला
दिनमा ३ः१२ बजेदेखि ४ः४३ बजेसम्म अमृत बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१४ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१४ बजेदेखि ७ः४३ बजेसम्म शुभ बेला
साँझ ७ः४३ बजेदेखि ९ः१२ बजेसम्म रोग बेला
राति ९ः१२ बजेदेखि १०ः४१ बजेसम्म उद्धेग बेला
राति १०ः४१ बजेदेखि १२ः१० बजेसम्म चर बेला
राति १२ः१० बजेदेखि १ः४० बजेसम्म लाभ बेला
राति १ः४० बजेदेखि ३ः०९ बजेसम्म अमृत बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३८ बजेसम्म काल बेला
रातिमा ४ः३८ बजेदेखि ०६ः०७ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.