0
प्रतिक्रिया
पोखरा । प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले शुक्रबार प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् ।
पोखरामा प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारी नेपाल लेखिएको उक्त ज्याकेट आइतबारदेखि विराटनगरमा सुरू हुने संगठनको १०औं महाधिवेशनमा सहभागी हुनेलाई वितरण गरिने प्रेस चौतारी कास्की अध्यक्ष अधिकारीले बताए ।
महाधिवेशनका सहभागीलाई वितरण गरेर बाँकी ज्याकेट कार्यसमितिका पदाधिकारी र सदस्य, संगठनका सक्रिय सदस्यलाई वितरण गरिने सचिव अनुप पौडेलले बताए ।
प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलको नेतृत्वमा कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङको २६ जनाको टोली शनिबार विराटनगरतर्फ जाँदै छ ।
विराटनगर जाने टोलीलाई नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं पूर्वखेलकुद मन्त्री जगत विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए।
Copyright © 2024 | All rights reserved.