0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ जिरो किमीस्थित अभियान महिला समूहको अध्यक्षमा टीका केसी निर्वाचित भएकी छन् ।
समूहको शनिबार भएको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
समूहको उपाध्यक्षमा सिर्जना थापा, सचिवमा रविना थापा, कोषाध्यक्ष पवित्रा थापा, सहसचिवमा बिष्णु कार्की र सहकोषाध्यक्षमा सीमा थापा छन् ।
यसैगरी कार्यसमिति सदस्यमा सावित्री गिरी, सीता सीके, मीना थापा, अम्बिका लामिछाने, हरिमाया केसी, कल्पना बास्तोला, बीना मिश्र, रञ्जु पौडेल, उजेली थापा, माया थापा र पार्वती केसी छन् ।
Copyright © 2024 | All rights reserved.