बैशाख ०४, २०८२, बिहीबार

२०८१ चैत १० गते आइतबार तपाइँकाे राशिफल कस्ताे हाेला ?


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ चैत १० गते आइतबार, इस्वीसंवत मार्च २२ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको नवमी तिथि रातिमा १ः०६ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा रातिमा १२ः१७ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान २० घटि ४५ पलासम्म त्यसपछि परिध लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३० घटि २३ पला अर्थात १२ घण्टा १२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १ः३७ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः१७ बजे रहेको छ । आज विश्व मौसम विज्ञान दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ छैन । तपाईंमाथि भ्रम जाल बुनेर फाल्ने छन् विचार पुर्याउनु होला । सानो हेलचर्क्याइँले ठूलो घाटा हुनेछ । मिलेर काम गर्दा धोका हुनेछ । घरयासी खर्चमा कुनै कमि आउने छैन । जीवन साथीको सहयोग र सल्लाहमा काम गर्दा सामान्य राहत मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । नेतृत्वको प्यास जाग्नेछ ।

वृषः आज समय भरपर्दाे रहने छैन । स्वास्थ्यले साथ दिने छैन । सहज रुपमा काम गर्ने वातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठूलो गर्नुहोला । उपलब्धि हासिल गर्न संघर्षका बाटाे रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सबैलाई आफ्नो ठानेर आत्मीय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट भनेजस्तो तथा सोचेजस्तो नाफा लिन सकिने छैन ।

मिथुनः आज समय शुभ छ, स्वास्थ्यले पनि साथ दिनेछ । दिन अनुकुल नै देखिन्छ । अप्रत्याशित यात्रा हुन सक्ने गोचर परेको छ । कार्यतालिका बनाएर योजना अघि बढाउनु होला । सफलताका सिँढी चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाईलेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिनेछन् । साँझेदारीमा काम नगर्नु होला तर झगडा तथा द्वन्दबाट टाढा बस्नु होला ।

कर्कटः आज समय राम्राे रहने छैन । स्वास्थ्यमा समस्या आउन सक्ने तथा औषधि उपचारमा खर्च गर्नुपर्ने ग्रह गोचर देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । कर्म अनुसार व्यापार व्यवसायबाट फल मिल्नेछ । ढिला सुस्ती र हेलचर्क्याइँलेले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । आज बढी महत्वाकांक्षी पनि नबन्नुहोला ।

सिंहः आज समय शुभ छ । समयको महत्व बुझेर काम गर्नु होला, हेलचर्क्याइँ भयो भने पछि पश्चताप गर्नु बाहेक केही हुने छैन । समयमा गरेका काम सफल हुनेछन् । उपलब्धि पनि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन । तर बाह्य व्यक्तिको भर परेर काम नगर्नु होला किनकी धोका हुन सक्नेछ ।

कन्याः आज समय साेचेजस्ताे छैन । कर्म क्षेत्र छोडेर बाहिर नजानुहोला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अघि बढ्नु भयो भने दुःख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

तुलाः आज समय शुभ रहनेछ, काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । नयाँ ठाउँको यात्राको योजना बन्नेछ ।

वृश्चिकः आज समयले साथ नदिन सक्छ । कार्य क्षेत्र छोडेर बाहिर नजानु होला, सम्भावनाका ढोका खुल्लै देखिन्छन् । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । आम्दानीलाई बचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । आज सकभर ऋण तथा पैसा सापटी नदिनुहोला ।

धनुः आज समय अत्यन्तै शुभ छ । धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन । किनकी खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ । अनुमान वा अनपेक्षित लाभमार्फत वित्तीय स्थितिमा सुधार आउनेछ । सारा परिवारको लागि समृद्धि ल्याउने परियोजनाहरू तपाईंले चुन्नु पर्नेछ । भावनात्मक रोकावटले तपाईंलाई समस्यामा पार्नेछन् । तपाईं सबैको लागि आज धेरै सक्रिय र सामाजिक कार्य गर्ने राम्रो दिन हुनेछ ।

मकरः आज समय शुभ छैन । सानासाना कुरामा हेलचर्क्याइँ नगर्नु होला । झुट्टा आरोप लगाउन सक्छन् सतर्क हुनुहोला । प्रतिष्ठा जोगाउनु मुस्किल पर्ने देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अरुको विश्वास धेरै नपर्नु होला । नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।

कुम्भः आज समय शुभ छ, स्वास्थ्य पनि भरपर्दो नै रहनेछ । आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । वादविवाद तथा प्रतिस्पर्धामा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

मीनः आज समय मध्यम खालको रहने छ । काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपाय पत्ता लाग्नेछ । उपकारी काममा समय बढी खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोही हुने छैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहना बढ्नेछ । अध्ययन अध्यापन कार्य अङि बढ्नेछन् । वौद्धिक जगतसँग भेटघाट हुनेछ ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०८ बजेदेखि ७ः३९ बजेसम्म उद्धेग बेला
बिहान ७ः३९ बजेदेखि ९ः१० बजेसम्म चर बेला
बिहान ९ः१० बजेदेखि १०ः४० बजेसम्म लाभ बेला
बिहान १०ः४० बजेदेखि १२ः११ बजेसम्म अमृत बेला
दिनमा १२ः११ बजेदेखि १ः४२ बजेसम्म काल बेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म शुभ बेला
दिनमा ३ः१२ बजेदेखि ४ः४३ बजेसम्म रोग बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१४ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१४ बजेदेखि ७ः४३ बजेसम्म चर बेला
साँझ ७ः४३ बजेदेखि ९ः१२ बजेसम्म लाभ बेला
राति ९ः१२ बजेदेखि १०ः४१ बजेसम्म अमृत बेला
राति १०ः४१ बजेदेखि १२ः१० बजेसम्म काल बेला
राति १२ः१० बजेदेखि १ः४० बजेसम्म शुभ बेला
राति १ः४० बजेदेखि ३ः०९ बजेसम्म रोग बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३८ बजेसम्म उद्धेग बेला
रातिमा ४ः३८ बजेदेखि ०६ः०७ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

 

Copyright © 2024 | All rights reserved.