बैशाख ०४, २०८२, बिहीबार

पोखरा मोटर ‍र्‍याली सम्पन्न


Advertisement Image
clock icon 3 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी अटोमोबाइल्स संघद्वारा आयोजित पोखरा मोटर ‍र्‍याली २०२५ सम्पन्न भएको छ ।

र्‍याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको थियो ।

कार्यक्रम उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गरेका थिए ।

अटोमोवाइल क्षेत्रमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसनको गण्डकी प्रदेश संघ गण्डकी अटोमोबाइल्स संघको आयोजनामा भएको रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनले भरिएको यो मोटर र्‍यालीमा ७३ जना प्रतिस्पर्धीले दर्ता गराएका थिए, जसमा ५३ जना पुरुष र २० महिला चालकले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभितमान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरे ।

यस्तै सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले दोस्रो स्थान हासिल गरे भने सुनील श्रेष्ठ र अनील श्रेष्ठ तेस्रो स्थानमा रहे ।

महिला क्याटेगोरीमा तिशा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।

‍र्‍यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्शल तथा ट्रेनिङ्ग कमिसनबाट प्रशिक्षित मार्शलले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए ।

प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै मोटर स्पोट्र्सका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको यस र्‍यालीको उद्देश्य साहसिक खेलकुद, ड्राइभ टुरिजम र महिला सशक्तीकरण रहकोे गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए 

Copyright © 2024 | All rights reserved.