0
प्रतिक्रिया
पोखरा । मणिपाल शिक्षण अस्पतालले ‘मणिपाल एक्सप्रेसन कार्यक्रम-२०२५’ आयोजना गर्ने भएको छ ।
एक्सप्रेसन कार्यक्रम मार्च २९ बाट हुने प्रोग्राम सेक्रेटरी डा.कृष्ण यादवले जानकारी दिए । कार्यक्रमले उर्जा थप्ने उनले बताए ।
कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने उनले जानकारी दिए ।
दैनिकी काममा व्यस्त डाक्टर लाई यो कार्यक्रमले जोड्न सफल हुने उनको विश्वास छ ।
उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मन एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए ।
मणिपाल शिक्षण अस्पतालले हरेक वर्ष जस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.