बैशाख ०४, २०८२, बिहीबार

पिएनमा दुई हजार आठ सय ९७ मत खस्याे


Advertisement Image
clock icon 3 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा दुई हजार आठ सय ९७ मत मात्र खसेको छ । क्याम्पसमा नौ हजार दुई सय ७० मतदाता भए पनि न्यून संख्यामा मत खसेको हो ।

बिहान ८ बजे शुरु भएको मतदान ४ बजे शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । यसअघि विविध कारणवश निर्वाचन स्थगित भएकाे निर्वाचन आज भएको हो ।

देशैभर एकैपल्ट गत ५ चैतको निर्धारित चुनावमा मतदान सुरु हुनैलाग्दा मतपत्रमा त्रुटि भेटिएपछि उत्पन्न विवादले चुनाव रोकिन पुगेको थियो ।

मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुटेपछि विवाद सिर्जना भएको हो । त्यसक्रममा विद्यार्थीले नाराबाजी समेत गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसमा २२औं स्ववियु अध्यक्षका लागि दुई स्वतन्त्रसहित आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । २१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ । निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

Copyright © 2024 | All rights reserved.