बैशाख ०४, २०८२, बिहीबार

पोखरामा एलिट कप भलिबल प्रतियोगिता हुने


Advertisement Image
clock icon 3 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा प्रथम एलिट कप भलिबल प्रतियोगिता हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिकोत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा-३, नदीपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो ।

एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

दुवैतर्फ टिममा सातौं, आठौँ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए ।

 

प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले तीन हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान दुई हजार र महिलातर्फ समान एक हजार पाँच सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क छ हजार पाँच सय र महिलातर्फ तीन हजार पाँच सय तोकिएको छ ।

प्रतियोगिताबाट बचत रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।

Copyright © 2024 | All rights reserved.