बैशाख ०४, २०८२, बिहीबार

कृषि विकास बैंक कर्मचारी संघमा छगेन्द्र आचार्य


Advertisement Image
clock icon 3 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न १० औँ केन्द्रीय परिषद्ले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

आचार्य निवर्तमान वरिष्ठ उपाध्यक्ष थिए । संघको वरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरि प्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे सर्वसम्मत निर्वाचित भइसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

संघको उप-महासचिवमा केशव पोखरेल, पाँच सचिवमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणि ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मिता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालय सचिवमा विजय पौडेल छन् ।

परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

कार्यक्रममा संघका सात जना पूर्वअध्यक्षलाई सम्मानित गरिएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष थापाले जानकारी दिए ।

परिषदमा देशभरका ७७ जिल्लाका छ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेका संघका निवर्तमान केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.