बैशाख ०४, २०८२, बिहीबार

पोखरामा आजदेखि वाडा अटो शो २०२५ हुँदै


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा आजदेखि पहिलो वाडा अटो शो २०२५ हुँदैछ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा नाडा प्रिजेन्ट्स ‘वाडा अटोशो २०२५’ आयोजना गरेको हो ।

आज बिहान ११ बजेदेखि औपचारिक रुपमा वाडा अटोशो शुरु हुने कार्यक्रम संयोजक एवं वाडाका उपाध्यक्ष निरन केसीले जानकारी दिए । अटो शो ३५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य छ ।

अमरसिंहचौरमा चार दिनसम्म सञ्चालन हुने वाडा अटोशोमा १९ वटा ब्राण्डका चार पाङ्ग्रे, छ वटा ब्राण्डका लाइट कमर्शियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिज तथा वित्तीय संस्थाका २० वटा स्टल रहने प्रचार संयोजक विनय थापाले जानकारी दिए ।

यसअघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो ।

वाडा अटो शोले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने पश्चिमान्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाको विश्वमस छ ।

नवीनतम् सवारी साधनका मोडल, आधुनिक प्रविधि तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै शोमा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारीसाधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष कोइरालाले बताए ।

प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षासम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी विविध जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने छन ।

अटो शोमा बन्दीपुर केवुलकार एण्ड टुरिजमले डोर प्राइजअन्तर्गत तीन सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् ।

Copyright © 2024 | All rights reserved.