बैशाख ०४, २०८२, बिहीबार

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य विजयी


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन कुमार शाक्य विजयी भएका छन् । उनले छ सय मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी उमाकान्त शर्माले पाँच सय १९ मत प्राप्त गरेको बताइएको छ । 

यसैगरी कार्यसमिति सदस्य पदमा राजनकुमार शाक्यको प्यानलबाट सात र उमाकान्त शर्माको प्यानलबाट छ जना विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा शाक्य प्यानलबाट ऋषिराम गौतम सबैभन्दा बढी मत प्राप्त गरी विजयी भए । उनले आठ सय २२ मत प्राप्त गरे ।

यसैगरी अर्जुनप्रसाद कँडेलले छ सय ६३, अकिलबहादुर क्षेत्री धु्रवले छ सय ३५, नवीनकुमार श्रेष्ठले छ सय ३०, इन्द्रमणि पौडेल अर्जुनले छ सय आठ, चन्द्रराज रेग्मीले पाँच सय ७९, मनिष राजभण्डारीले पाँच सय ४९ मत प्राप्त गरी विजयी भए । 

यस्तै शर्माको प्यानलबाट खुला सदस्यमा दीपक हमाल छ सय नौ मत, सुदीप सागर कँडेल छ सय दुई मत, बद्री ढुङ्गाना पाँच सय ९२ मत, श्रीजय श्रेष्ठले पाँच सय ५४ मत, उमेश केसी र राजु गौतमले समान पाँच सय ३८ मत प्राप्त गरी विजयी भएका छन् । 

नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार एक सय ८७ मत खसेको थियो । 

Copyright © 2024 | All rights reserved.