बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ वृद्धि भएको छ ।

साताको पहिलो दिन आज आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा छ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ शुक्रबार एक लाख ७६ हजार दुई सय रुपैयाँ रहेको थियो ।

आज असली चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।

Copyright © 2024 | All rights reserved.