बैशाख ०४, २०८२, बिहीबार

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरकिया


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयोजनामा ‘वर्तमान समयमा श्रमिकका चुनौती’ विषयक अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ अस्ताममा भएको कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समिति अध्यक्ष दीपक कार्कीको अध्यक्षता भएको थियो ।

कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. ईश्वर शर्मा कंडेल, वरिष्ठ बालरोग विशेषज्ञ सहप्राध्यापक डा शंकर पौडेल र संगठन व्यवस्थापन एवं परिचालन प्रमुख हरिबहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए ।

अध्यक्ष कार्कीले श्रमिकका समस्या समाधान गर्न युनियन सधैँ तत्पर रहेको भन्दै संस्थाको प्रगति र विकासमा सधैँ इमान्दार एवं उत्तरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गरे ।

संघका कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तीय विवरण बारे जानकारी गराएका थिए ।

सोही अवसरमा युनियनमा विशेष योगदान गर्ने किशान परियार र सूर्यबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमा डा शंकर पौडलले स्वागत र सचिव राजन पोख्रेलले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.