बैशाख २१, २०८२, आइतबार

आज मुस्लिम धर्मावलम्बीको इद उल फित्र मनाइँदै


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । आज मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्र मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समुदायले इद उल फित्र मनाउने गर्दछन् ।

रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । इद उल फित्रका अवसरमा सरकारले आजका लागि सार्वजनिक बिदा दिएको छ ।

इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ । उपवास ईद उल फित्रसँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।

रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पाप अल्लाहले क्षमा गर्नुहुन्छ भन्ने इस्लामिक मान्यता छ ।

 

Copyright © 2024 | All rights reserved.