बैशाख ०४, २०८२, बिहीबार

दृष्टिविहीन शिक्षक सापकोटा जर्मन प्रस्थान


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन जर्मन प्रस्थान गरेका छन् ।

जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा सहभागी हुन सापकोटा सोमबार बिहान प्रस्थान गरेका हुन् ।

जर्मनीमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २ र ३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षासम्बन्धी साइडी इभेन्टमा उनी सहभागी हुनेछन् । सापकोटा अप्रिल ५ तारिखमा सम्मेलनमा भाग लिएर नेपाल फर्कने कार्यक्रम छ ।

संस्कृत मावि पोखरा-१ बगरमा मावि तहको अङ्ग्रेजी स्थायी शिक्षक सापकोटा २०६६ सालदेखि शिक्षण पेशामा आवद्ध छन् ।

उनी पृथ्वीनारायण क्याम्पसमा समेत अध्यापन गराउँदै आएका छन् । विगत २५ वर्षदेखि अपाङ्गता र सञ्चार क्षेत्रमा रहेर उनले कार्य गर्दै आएका छन् ।

Copyright © 2024 | All rights reserved.