बैशाख ०४, २०८२, बिहीबार

शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनस्थित शुभकामना महिला विकास केन्द्रले २१औँ स्थापना दिवसको उपलक्ष्यमा २०औँ खुला रक्तदान कार्यक्रम आयोजना गर्‍याे । कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाकी पूर्वअध्यक्ष भवानी माकाजूले संस्थाका सल्लाहकार एवं ६८औँ पटक रक्तदान गर्ने व्यक्तित्व गणेश छबिलाई ब्लडब्याग हस्तारण गरी कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा गणेश छबिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि माकाजूले संस्थाले २०औँ बर्षसम्म निरन्तर रक्तदान गरी संस्थाको आफ्नो पहिचान बनाउन सकेको भन्दै खुसी व्यक्त गरिन् ।

सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले महिला पनि अब पुरुष संगसंगै काम गर्नु सक्नु र समाजमा शुभकामना महिला विकास केन्द्रले धेरै काम गर्ने सकेको बताए ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले शुभकामना महिला विकास केन्द्रको प्रशंसा गरेका थिए ।

सम्मानित व्यक्तित्व एवं संस्थाका सल्लाहकार गणेश छबिले संस्था स्थापनाको दोस्रो बर्षदेखि लगातार रक्तदान गरी संस्थाले राम्रो काम गरेको र आगामी दिनमा पिछडिएको महिला समाज उत्थानको लागि हातेमालो गर्नु पर्ने बताए ।

संस्थाकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्री श्रेष्ठले स्वागत र सचिव पुष्पा श्रेष्ठले सञ्चालन गरेकी थिए । कार्यक्रमको संयोजक जमुना आचार्य रहेकी थिइन् ।

कार्यक्रम प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो ।

Copyright © 2024 | All rights reserved.