0
प्रतिक्रिया
पोखरा । रुपातालको छेउमा सातौं रुपा सिष्ठेनी मेला हुने भएको छ । रुपा युवा क्लबले मेला आयोजना गरेको हो । यस वर्ष चैत २२ देखि २०८२ वैशाख २ गतेसम्म मेला हुने भएको रुपा युवा क्लब अध्यक्ष नमराज खड्काले जानकारी दिए ।
मेला करिब छ सय वर्ष अघिदेखि नै सिष्टाचार भेटघाटको रुपमा सुरु भएको बताइन्छ । सिष्ठेनी मेला डुङ्गा धाटमा सिट्ठी बजाउने, जमघटका रुपमा घोडासहित उपस्थित भएर मुखिया, पञ्चहरुले छोराछोरीको योजनासमेत त्यसै मेलामा गर्ने गरेका किंबदन्ती पाइन्छ ।
क्लबले केही वर्षदेखि मेलालाई व्यवस्थित गर्दै आएको छ । मेलामा लोकदोहोरी, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी, झाँकी, फुड फेस्टिवल, जैविक विविधता प्रदर्शनी, रुपातालको माछा प्रदर्शनी, पर्प कन्सर्ट, बाल उद्यान लगायतका कार्याक्रम हुनेछन् ।
यस्तै महिला पुुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, साहित्य कला, संस्कृति धर्मको जागरण गर्ने, रुपातालको विकासको पहल गर्ने, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्नेलगायतका उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठले जानकारी दिए ।
मेला सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने र मेलाबाट करिब दुई लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । मेलामा एक सय १५ स्टल रहनेछ भने करिब एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको प्रायोजन व्यवस्थापन समिति संयोजक बसन्त जोसीले बताए ।
सल्लाहकार संयोजक कुलप्रसाद अधिकारीका अनुसार मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएका छन् । प्रचारप्रसार उपसमिति संयोजकमा हरि सुबेदी, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापनमा सन्तोष सुनार, खानेपानी व्यवस्थापनमा भक्तबहादुर खड्का, सुरक्षा संयोजकमा सुवास मिजार संयोजक छन् ।
यस्तै मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टममा वर्मा सुनार, मुख्य प्रवेशद्वार व्यवस्थापनमा ईश्वर श्रेष्ठ, प्राथमिक उपचारमा नारायण केसी, अनुगमनमा मोहनलाल जोशी, खेलकुद व्यवस्थापन संयोजक कृष्णलाल जोशी छन् ।
Copyright © 2024 | All rights reserved.