बैशाख ०४, २०८२, बिहीबार

टिकाराम लामिछानेको सम्झनामा शोकसभा


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २८ का नेता एवं तत्कालीन माझठाना गाविस पूर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ ।

नेपाली कांग्रेस वडा कायैसमिति पोखरा-२८ को आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने गाँउमा शोकसभा भएको हो ।

शोकसभामा पूर्वमन्त्री तथा पूर्वसभापति यज्ञबहादुर थापाले लामिछानेले पार्टीलाई महत्वपूर्ण योगदान दिई पार्टीको काममा सदैव क्रियाशील रहेकाले पार्टीले उनको कार्यको मूल्याङ्कन गर्नुपर्ने बताए ।

पूर्वसभापति कृष्ण केसीले लामिछानेको निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य श्रीकृष्ण लामिछानेले लामिछानेले पार्टीप्रति गरेको कामको मूल्याङ्कन गर्नुपर्ने र परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा रहेको बताए ।

नेपाली कांग्रेस वडा सभापति विश्वरमण अधिकारीको सभापतित्वमा अध्यक्षता भएको कार्यक्रममा महासमिति सदस्य सुदीपमोहन भट्टराई, दीपक गुरुङ, क्षेत्रीय सभापति राजेन्द्र लामिछाने, महाधिवेशन प्रतिनिधि गिरीराज गौतम, नीशा मल्ल ठकुरी, कास्की कांग्रेसका सचिवद्वय देवेन्द्र रानाभाट, भानु ढकाल, पूर्व महादिवेशन प्रतिनिधि वीरबहादुर बुढाथोकी महासमिति सदस्य विकास लामा गुरुङलगायतले लामिछाने पार्टीको वफादार कार्यकर्ता रहेको बताएका थिए ।

२००३ साल भदौ ५ गते साविक माझठाना-९, हाल पोखरा महानगरपालिका वडा नं २८ लामिछाने गाँउमा जन्मिएका लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको थियो । लामिछानेका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

कार्यक्रम सञ्चालन नेपाली कांग्रेस वडाईकाइ सचिव जीवन तिवारीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.