बैशाख ०४, २०८२, बिहीबार

बैदामस्थित नमुना आमा समूहमा अधिकारी


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगर पालिका वडा नं ६ बैदामस्थित नमुना आमा समूहको अध्यक्षमा सकुन्तला अधिकारी सर्वसम्मत चयन भइएकी छन । संस्थाको बिहीबार सम्पन्न नवौँ अधिवेशन तथा १७औँ साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा मीरा अधिकारी, प्रथम उपाध्यक्षमा राधादेवी अधिकारी, द्वितीय उपाध्यक्ष भगवती कोइराला, तृतीय उपाध्यक्ष हिरादेवी तिमिल्सिना, सचिवमा अम्बिका आर्चाय पहारी, कोषाध्यक्षमा कलावती सापकोटा, सहसचिव पवित्रा कंडेल र सहकोषाध्यक्ष मञ्जु अधिकारी चयन भएका छन । 

यसैगरी सदस्यमा मञ्जु पहारी, धनुमाया रुकु बास्तोला, माया थापा, मायादेवी अधिकारी, दुर्गा अधिकारी, सिता गौतम, दुर्गा कोइराला, गोमा पहारी, पार्वती पहारी, चिनुमाया भण्डारी, हरिमाया पहारी, यशोदा कोइराला, हरिमाया पहारी, अम्बिका भण्डारी पहारी, सुजाता सुवेदी र प्रीति सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक लीलाधर अधिकारीले जानकारी दिए । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

अधिवेशन उद्घाटन गर्दै पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले महिलाको आफ्नो हक अधिकारीका लागि महिला सशक्तीकरण गरि अगाडि बढ्नु पर्ने बताएकी छन । 

उनले “संसारमा सबैको मायामा केही न केही स्वार्थ लुकेको हुने हुँदा आमाको मायाको मायामा विना स्वार्थ हुने हुदा समाजमा आमाहरूलाई सम्मान र इज्जत” गर्ने आग्रह गरिन् । 

महिला हरूले नेतृत्व गरेका संघसंस्था सफलता साथ सञ्चालन भइरहेको स्मरण गर्दै अब महिलाले कुनै पनि संघसंस्थाको नेतृत्व तहमा पुग्न आँट गर्नुपर्ने बताइन् । 

पश्चिमाञ्चल होटल संघ पोखराका सचिव पार्वती पाण्डेले पर्यटकीय क्षेत्र बैदाममा भइरहेको अवस्थित पार्किङस्थल व्यवस्थित गर्नु पर्नेमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन् ।

रेवान पोखराका कार्यसमितिका सदस्य सुरेश न्यौपानेले पोखरामा रहेका ऐतिहासिक वस्तुको प्रचारप्रसारसहित संरक्षण, सम्र्वदन र प्रवर्द्धन गर्नेतर्फ लाग्न स्थानीय सरकार लाई आग्रह गरे ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले पर्यटकीय क्षेत्र बैदाममा लागु औषधि न्यूनीकरण र शान्ति सुरक्षा कायम राख्नका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । 

लालुपाते टोल विकास संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार गोविन्दराज पहारीले समूहले समाजमा हुने गरेका महिला हिंसासहित विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो गाँउ टोलमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको उल्लेख गरे ।

सल्लाहकार तथा समाजसेवी गोमा ढकालले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाव दिइन् ।  

पर्यटन ब्यवसायी तथा सल्लाहकार निर्मला कंडेलले समाजमा महिलालाई हर्ने दृष्टि फरक रहेको हुँदा महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन उनले आग्रह गरिन् । 

अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्रभित्र फोहोर मैला ब्यवस्थापनदेखि कोभिड र डेङ्ग रोगको बारेका जनचेतनासहित पर्चा पम्पिलेटसहित घरदैलो गरेको स्मरण गर्दै सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन् । 

नवनिर्वाचित अध्यक्ष सकुन्तला अधिकारीले आमाहरुको विचार भावना आदानप्रदान गर्ने शसक्त माध्यम बन्दै अग्रजको राय सुझाव अनुसार अघि बढने प्रतिबद्धता जनाइन् ।

अध्यक्ष जुना अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सकुन्तला अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव अम्बिका आर्चाय पहारी, सल्लाहकार गिरीराज अधिकारी, खहरे आमा समूहका पूर्व अध्यक्ष मैया थापा र महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल, माता ताल बाराही आरती सेवा समिति अध्यक्ष ढाकाबहादुर थापा र संस्थापक अध्यक्ष मिठु अधिकारीलगायतले संस्थाले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सचिव अम्बिका आचार्य पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष हिरादेवी तिमिल्सिना प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका दातालाई सम्मान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.