साउन १६, २०८२, बिहीबार

एबीसी भेट्रान्स फुटवल आजदेखि


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अमरसिंह ब्वाइज क्लबको आयोजनामा आजदेखि तेस्रो एबीसी एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता हुँदैछ ।

आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल भन्ने नारासहित आयोजित प्रतियोगितामा देशभरिबाट १० टिम सहभागी भएको क्लब अध्यक्ष राजेश गुरुङले जानकारी दिए । प्रतियोगिताका खेल पोखरा रंगशालामा हुनेछ ।

फोर्टी फाइभ प्लसका खेलाडी विभिन्न टीमबाट खेल्ने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ७७ हजार सात सय ७७ ट्रफी र मेडल प्राप्त गर्ने मूल आयोजक आर्थिक संयोजक सुनील गुरुङले बताए ।

प्रतियोगितामा आयोजक एबीसी भेट्रान्स, एक्स वरियर भेट्रान्स, चितवन भेट्रान्स, हेटौंडा भेट्रान्स, संगम भेट्रान्स, एसएनकेसि भेट्रान्स, ढोलाहिटी युथ भेट्रान्स, लेकसाइड भेट्रान्स, कालिका स्पोर्टिङ भेट्रान्स (रुपन्देही ११) बगर भाइखलक भेट्रान्स बीच प्रतिस्पर्धा रहने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एबीसी भेट्रान्स र एक्स वरियर भेट्रान्स भिड्ने क्लब सचिव विजय घिमिरेले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.