बैशाख ०४, २०८२, बिहीबार

हेलिकप्टमार्फत सुत्केरीको उद्धार


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

सुर्खेत । जाजरकोटबाट एक सुत्केरीको उद्धार गरिएको छ ।

जुनिचाँदे गाउँपालिका-६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उनी यही चैत २३ गते सुत्केरी भएकी थिइन् । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारीका अनुसार मेखबहादुर मङ्ग्रातीका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

Copyright © 2024 | All rights reserved.