0
प्रतिक्रिया
पोखरा । मुस्ताङमा आइतबार जीप दुर्घटना हुँदा जीप पल्टिँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा काठमाडौँ टोखा नगरपालिका वडा नं ७ का ११ वर्षीय दीपेन श्रेष्ठ, ६० वर्षीय चुनकुमारी श्रेष्ठ र ६३ वर्षीय धनलक्ष्मी श्रेष्ठ छन् । उनीहरुेको जोमसोमस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार कोरलानाकाबाट लोमान्थाङतर्फ आउँदै गरेको बीएइ ६५०१ नम्बरको स्कर्पियो जीप लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलस्थित सडकमै पल्टिएर दुर्घटना भएको हो ।
जीपमा चालकसहित नौ जना यात्रु रहेकामा छ जना सकुशल रहेका छन् । यात्रु काठमाडौँ टोखाबाट मुक्तिनाथ दर्शन र कोरला नाका घुम्न आएका थिए । प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Copyright © 2024 | All rights reserved.