बैशाख ०४, २०८२, बिहीबार

राष्ट्रिय हेमजा आलु महोत्सव जारी


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार लोकदोहोरी कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङ्गाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायकलगायतले विभिन्न प्रस्तुति राखे।

दोहोरीका अलवा राजुले पर्‍यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आँधिखोला उर्लेर आयो, शिलाले गोर्खा कालिका, तिम्रो माया जिन्दगीभरीलाई लगायतका गीत पनि सुनाएका थिए।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा यतिबेला हेमजामा १३औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव भइरहेको छ ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको आयोजक विष्णुपादुका क्लब अध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिए।

महोत्सवमा मंगलबार कलाकार खुमन अधिकारी, जीवन दाहाल, माया गुरुङ, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, दिपक थापा लगायतका प्रस्तुति रहने जनाइएको छ ।

वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल तीन हजार पाँच सय १७ घरमा २२ हजार पाँच सय ३२ मानिस बसोबास गर्दछन् ।

हेमजाको कुल १३ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये पाँच सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका दुइ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा एक हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।

हेमजामा प्रतिरोपनी आलुको औशत उत्पादन लागत १८ हजार पाँच सय ५७ रूपैयाँ रहेकोमा औषद उत्पादन सात सय पाँच केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ ।

महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ । आइतबारदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ।

Copyright © 2024 | All rights reserved.