बैशाख ०४, २०८२, बिहीबार

लेकसाइडमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा सञ्चालन


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा नयाँ नयाँ होटल थपिने क्रम जारी छ । पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भिष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन् । चिल्ली ग्रुपअन्तर्गत पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल सञ्चालनमा आएको हो ।

होटलमा ४७ वटा डिलक्स रुम, पाँच वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र एक वटा प्रेसिडेन्सियल स्वीट रुम रहनेछन् ।

स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए ।

उनले बुटिक होटल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा छ ।

साढे दुइ रोपनी जग्गामा निर्माण भइरहेको होटल सम्पन्न गर्न करिब ५५ करोड रुपैयाँ लगानी भएको सञ्चालक भीष्मराज पौडेलले बताए ।

चिल्लीअन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र तीन सय ६० डिग्री स्काई लाउन्ज सञ्चालन भइरहेको छ ।

ग्रुपले अहिले एक सय ४० जनालाई रोजगारी दिएको छ । ग्रुपअन्तरगत जग्गासहित करिब दुइ अर्व लगानी छ ।

Copyright © 2024 | All rights reserved.