बैशाख ०६, २०८२, शनिबार

पत्रकार हरि पन्तलाई पितृशोक


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पाेखराका पत्रकार हरि पन्तलाई पितृशोक परेको छ । उनका पुजनीय पिता रोहिणीप्रसाद पन्तको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।

 

धादिङको साविक आगिञ्चोक-३ गाविस हाल त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा-५ प्रस्याङ निवासी पन्त लामो समयदेखि दम रोगबाट अस्वस्थ थिए।

स्व. पन्तको मंगलबार नै रामघाटमा अन्त्येष्टि गरिएकाे छ । त्यसअघि, पोखरा-१४, देउराली टोलबाट शवयात्रा भएको थियो । १० दिन अस्पतालकाे उपचारपछि उनी दुइ दिनअघि माहिला छोरा गणेशको निवास पुगेका थिए।

उनका श्रीमती विन्दा पन्त, चार छोरा, दुइ छोरी र १२ नातिनातिनी छन् । छोराहरु हरिसहित गणेश, कुमार र कुशल पन्त तथा छोरीहरु सानु अधिकारी र राधिका गौतम हुन्।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार हरि पन्त विभिन्न मिडिया तथा सामाजिक संघसंस्थामा आबद्ध छन्।

धादिङ-पोखरा सम्पर्क समाजका निवर्तमान महासचिव उनी हाल सल्लाहकार छन् । उनी होटल प्रतिनिधि समाज पोखरा, कपडा व्यवसायी एसोसिएसन पोखरा र थोक व्यवसायी संघ कास्कीमा प्रेस सल्लाहकार भूमिकामा छन् । 

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा-५ का सचिव उनी नेपाल प्रेस युनियन कास्कीमा पनि छन् । बाबुको काजकिरिया पोखरा-५, प्रस्याङमा हुने परिवारजनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.