बैशाख ०६, २०८२, शनिबार

तनहुँमा भिरबाट खसेको ढुंगाले लागेर एक्स्काभेटर चालकको मृत्यु


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तनहुँमा भिरबाट खसेको ढुंगाले लागेर एक्स्काभेटर चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं ९ का ४० वर्षीय शुकबहादुर गुरुङ छन् । 

ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगर चुनपहरा खण्डमा पोखरा-मुग्लिन सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्स्काभेटर मर्मत गर्ने क्रममा माथिबाट ढुंगा खसेर सो घटना भएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.