0
प्रतिक्रिया
पाेखरा। हङकङमा आजदेखि सुरु भएको टी-२० आई प्रतियोगितामा नेपालले शानदार जीत हासिल गरेको छ ।
नेपालले आज कतारलाई आठ विकेटले हराएको हो ।
कतारले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपाललाई जिताउन ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ र कप्तान रोहित पौडेल ३७ रन बनाए ।
यस्तै, आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रेहमानले दुई विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रनको चुनौती दिएको थियो ।
कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५४ बलमा ५४ रन बनाए । उनले पाँच चौका र दुइ छक्का प्रहार गरेका थिए ।
शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाउन सफल भए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक-एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ । प्रतियोगितामा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन् ।
Copyright © 2024 | All rights reserved.