बैशाख ०६, २०८२, शनिबार

ह्वात्तै बढ्यो सुनको भाउ


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सुनको भाउ आज एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।

भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको भाउ मंगलबार एक तोलाको लाख ७३ हजार चार सय रुपैयाँ रहेको थियो ।

आज पोखरा बजारमा सुनको भाउ तोलाको एक लाख ७५ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता आज असली चाँदीको पनि तोलामा पाँच रुपैयाँ बढेर एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

मंगलबार चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो । 

आज पोखरा बजारमा चाँदीको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको छ ।  
 

Copyright © 2024 | All rights reserved.