बैशाख ०६, २०८२, शनिबार

कुवेतलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल हङकङमा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । 

लगातार दोस्रो जित हासिल गर्दै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्‍यो । 

 
 

नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे । 

त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । 

कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

Copyright © 2024 | All rights reserved.