बैशाख ०६, २०८२, शनिबार

होटल प्रतिनिधि समाजको डिजिटल मार्केटिङ्ग तथा पर्यटक सेवा अभिवृद्धि तालिम


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराका होटल प्रतिनिधिलाई डिजिटल मार्केटिङ्ग तथा पर्यटक सेवा अभिवृद्धि तालिम प्रदान गरिएको छ । 

होटल प्रतिनिधि समाज पोखराको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धनमा पोखरामा दुई दिने उक्त तालिम होटलका प्रतिनिधिलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव लम्सालले जानकारी दिए । 

पोखरामा आउने पर्यटकलाई सहजरुपमा गन्तव्यसम्म जानका लागि आवश्यक समन्वय गर्दै आएका होटल प्रतिनिधिलाई थप प्रभावकारी बनाउन उक्त तालिम प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । 
तालिममा ६० जनाको सहभागिता रहेको अध्यक्ष लम्सालले बताए ।

साइबर क्राईम निवारण, डिजिटल मार्केटिङ, बैकिङ्ग कसुर तथा ठगीसम्बन्धी लगायतका बिषयमा प्राध्यापक दीपेन्द्र पहारी, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्तकुमार शर्मा, सिटिईभिटी पोखराका प्रविधिक दिनेश श्रेष्ठलगायतले सहजीकरण गरेको समाजका महासचिव शिव पौडेलले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा काम गर्ने कुनै पनि संघ संस्थालाई बोर्डले सकेको सहयोग गर्ने बताए । 

आगन्तुक पाहुनालाई राम्रो र मिठो वोली वचनका साथ स्वागत सत्कार गर्न उनले सुझाव दिए । पर्यटनको राजधानी पोखराको पर्यटन प्रबद्र्धन गर्न चिनको छेन्दुदेखि पोखरा हाल सिचुवान एअरलाइन्सले सुरु गरेको व्यावसायीक चार्टर्ड उडानले पोखराको पर्यटन प्रबद्र्धनमा कोसेढुंगा सावित भएको उनले बताए । 

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत ३० देखि पोखरामा नयाँ बर्षको अवसरमा फेवा महोत्सव हुने गरी अन्तिम तयारी गरेको बताए । 

पोखरामा हुने मेला महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

समाजका बरिष्ठ उपाध्यक्ष जीवराज उपाध्याय, निवर्तमान वरिष्ठ उपाध्यक्ष सन्तोस काफ्लेले लगायतले बोलेका थिए । 

पर्यटन बोर्डले समाजलाई पहिलो पटक यसरी प्रबद्र्धन गरेकोमा धन्यवाद दिदै समाजका अध्यक्ष लम्सालले पोखराको पर्यटन प्रबद्र्धनमा आगामी दिनमा हुने कार्यक्रममा समेत बोर्डको साथ र सहयोगको अपेक्षा गरे ।

मंगलबारदेखि सुरु भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुली, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल लगायत सहभागी थिए । 

Copyright © 2024 | All rights reserved.