बैशाख ०६, २०८२, शनिबार

एकता आवासीय माविको २१औँ वार्षिकोत्सव


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित एकता आवासीय माध्यमिक विद्यालयको २१औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । 

विद्यालयका सञ्चालक अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षता शुरू भएको उद्घाटन कार्यक्रमको गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक घनश्याम पौडेलले गरेका थिए । 

कार्यक्रममा उनले शिक्षाले समाजमा उन्नत, आधुनिक चेतना, सिप र रोजगारी सृजना गर्नुपर्ने बताए ।

उनले शिक्षाको क्षेत्रमा सरकारले गर्न नसकेका र समाजले आवश्यक ठानेको आधुनिक सेवा सुविधासहित ज्ञान, प्रविधिको शिक्षा दिइरहेको स्पष्ट पारे । 

विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी नियमित खटिएर मेहनत गरेमा मात्र राम्रो शिक्षा दिन सकिने भन्दै उनले अभिभावकलाई पनि आवश्यक ध्यान उनले आग्रह गरे । गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न उनले सुझाव दिए । 

पोखरा ५ का वडाध्यक्ष बिष्णुप्रसाद बरालले एकता स्कुल वडामा शैक्षिक  तथा सामाजिक गतिविधिमा पनि संलग्न हुँदै गुणस्तरीय शिक्षा दिइरहेको एक उत्कृष्ट विद्यालय भएको बताए । 

समाजमा सबै विकासको जग विकास गर्ने माध्यम शिक्षा भएकाले देशलाई समृृद्ध बनाउन गुणस्तरीय शिक्षा दिइरहेको पाएको र यस्ता कार्यका लागि वडाबाट पनि सहयोग गरिने बताए ।  

राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष कमलनयन गौतमले शिक्षाले मानिसलाई साक्षर बनाउने मात्र नभई नैतिकवान, बौद्धिक, परिश्रमी तथा विज्ञ बनाउने भएकाले शिक्षाको महत्व बुझेर पढ्ने पढाउने कार्यमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

शिक्षा तथा समाजसेवी हेरम्बराज कोइरालाले शिक्षाको महत्व र आयामका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी सचेत हुनुपर्ने बताए । 

युनिप्स नेपालका केन्द्रीय अध्यक्ष विश्वराज खनालले एकता स्कुल युनिप्समध्येको उत्कृष्ट विद्यालय भएको बताए । उनले एकताले निरन्तर हरेक प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट प्रस्तुत गर्दै आइरहेको र गुणस्तरीय शिक्षा सम्प्रेषणमा निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा विद्यालय सेवामा सातदेखि २० वर्षसम्म सेवा गरिरहेका शिक्षक, कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । साथै २०८० का विविध क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक घनश्याम पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले नृत्य, नाटकका साथै विभिन्न भेषभूषासहितका सांस्कृतिक तथा शिक्षाप्रद कार्यक्रम  प्रस्तुत गरेका थिए ।

कार्यक्रम सञ्चालन विद्यालयका संचालक तथा निर्देशक इजिना केसीले गरेकी थिइन् ।
 

Copyright © 2024 | All rights reserved.