बैशाख ०६, २०८२, शनिबार

सूर्यदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 6 days, 2 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८१ चैत ३१ गते आइतबार, इस्वीसंवत अप्रिल १३ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । नक्षत्रमा चित्रा रातिमा ८ः१४ बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण ३८ घटि ५ पलासम्म त्यसपछि वरियान लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३१ घटि ४९ पला अर्थात १२ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४४ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ६ः५२ बजे र अस्ताउने समय भोलि बिहानमा ५ः३५ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज कन्या राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ ।शरिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । आज प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृषः आज साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षी समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुनः आज कन्या राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

ककर्ट : आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्नुपर्ने देखिन्छ तर, मुख्य काममा अल्झन आउनसक्ने देखिएको छ । रपनि पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ । सन्तानको पक्षबाट चित्तबुझाउन सकिने स्थिति आउनेछ । अधुरा रहेका कामलाई अगाडि सकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भैरवदेवको उपाशना गर्नु उपयुक्त हुनेछ । 

सिंहः आज व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । 

कन्याः आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

तुलाः आज दैनिक कार्यमा विघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि आलोचना बढ्ने देखिन्छ ।

वृश्चिकः आज जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउने हुदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाई तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ ।

धनुः आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पश्चिम दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । 

मकरः आज स्वास्थ्य सबल रहनेछ । भाग्यले  साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तको सहयोगले उपलब्धिमूलक काम बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । 

कुम्भः आज स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली-वचनमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय खराब रहेकाले पश्चिम दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीनः आज लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ ।

साहित (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४७ बजेदेखि ७ः२२ बजेसम्म उद्धेग बेला
बिहान ७ः२२ बजेदेखि ८ः५६ बजेसम्म चर बेला
बिहान ८ः५६ बजेदेखि १०ः३१ बजेसम्म लाभ बेला
बिहान १०ः३१ बजेदेखि १२ः०६ बजेसम्म अमृत बेला
दिनमा १२ः०६ बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म शुभ बेला
दिनमा ३ः१५ बजेदेखि ४ः४९ बजेसम्म रोग बेला
दिनमा ४ः४९ बजेदेखि ६ः२४ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२४ बजेदेखि ७ः४९ बजेसम्म चर बेला
साँझ ७ः४९ बजेदेखि ९ः१४ बजेसम्म लाभ बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म अमृत बेला
राति १०ः४० बजेदेखि १२ः०५ बजेसम्म काल बेला
राति १२ः०५ बजेदेखि १ः३० बजेसम्म शुभ बेला
राति १ः३० बजेदेखि २ः५६ बजेसम्म रोग बेला
रातिमा २ः५६ बजेदेखि ४ः२१ बजेसम्म उद्धेग बेला
रातिमा ४ः२१ बजेदेखि ०५ः४६ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.