बैशाख ०६, २०८२, शनिबार

पोखराबाट तनहुँ जाँदै गरेको स्कुटरलाई टिप्परले ठक्कर दिँदा एकको मृत्यु


Advertisement Image
clock icon 6 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराबाट तनहुँ जाँदै गरेको स्कुटरलाई तनहुँबाट पोखरातर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका वडा नं ६ का १८ वर्षीय मनिष आले मगर छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएकी अनिषा आलेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार शनिबार दिउँसा ४ः४५ तनहुँ म्याग्दे गाउँपालिका वडा नं. १ फुस्रेखोलास्थित पृथ्वीराजमार्गमा ग१ख ५८७५ नम्बरको टिप्परले र ग२५प ५५२२ नम्बरको स्कुटरलाई टक्कर दिँदा सो दुर्घटना भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.