बैशाख ०६, २०८२, शनिबार

बागलुङमा जीप दुर्घटना, ११ जना घाइते, दुई गम्भीर


Advertisement Image
clock icon 4 days, 4 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङको तमानखोलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बोङ्गादोभान बजारदेखि बराहतालतर्फ जाँदै गरेको ग१च ५७०५ नम्बरको जीप उकालोमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत ३० वर्षीया मुना विक, पशु शाखा प्राविधिक २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी २९ वर्षीय सचिन विक, प्राविधिक साहयक २३ वर्षीयको नवीन मल्ल छन् ।

यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, जीप चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला-२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए ।

सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक साहयक नवीन मल्ल गम्भीर घाइते भएको र उनीहरुलाई थप उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । 

अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको डीएसपी यादवले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.