0
प्रतिक्रिया
पाेखरा । गोरखाको गोरखा नगरपालिका वडा नं ९ को ठिगुरेश्वारामा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका वडा नं ६ अश्राङका २४ वर्षीय केशव पाण्डे छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको गोरखा जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।
सो दुर्घटनामा अश्राङकै १८ वर्षीय रवीन पाण्डे गम्भीर घाइते भएका छन् । उनको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.