0
प्रतिक्रिया
पोखरा । युनाइटेड क्लब पोखराले पोखरा-१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । क्लबको १५औँ वार्षिकोत्सवको अवसरमा क्लबले खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लब पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको बताए ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहँदा युनाईटेड क्लब जस्तै संघसंस्थाको सहयोगबाट नै आश्रममा आश्रितलाई सहयोग पुगेको बताए ।
उनले समाज विकास र समुन्नतिका लागि महिला युवा र ज्येष्ठ नागरिकले आआफ्नो ज्ञान सीप र अनुभवलाई प्रयोग गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकको हेरचाह स्याहार गर्ने सीप र ज्ञान सिकाउनका लागि वृद्धाश्रमले जापानी प्रविधिको तालिम पोखरामा भित्त्रयाउन लागेको बताए ।
क्लबका द्वितीय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्यबहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुआत गर्न पाउँदा खुसी लागेको बताए ।
क्लब अध्यक्ष लोकबहादुर थापाले युनाइटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहँदा विगतमा जस्तै यो वर्ष पनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए ।
कार्यक्रममा क्लबका संस्थापक सदस्य रेशम बहादुर थापाले आश्रमलाई पाँच हजार पाँच सय नगद प्रदान गरेका थिए । ।
सो अवसरमा कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत र महासचिव दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.