बैशाख ०६, २०८२, शनिबार

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, पोखरामा कति पर्छ ?


Advertisement Image
clock icon 3 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइको छ । 

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा तीन रुपैयाँ १५ पैसा, डिजेल दुई रुपैयाँ ६२ पैसा र मट्टितेलमा तीन रुपैयाँ घटाएको हो । 

मूल्य घटेसँगै पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६०, डिजेल र मट्टितेलको मूल्य एक सय ४६ रुपैयाँमा झरेको छ । 
 

Copyright © 2024 | All rights reserved.