बैशाख ०६, २०८२, शनिबार

लक्ष्मी आदर्श माविमा खानेपानी टंकी बनाउँदै अन्नपूर्ण लायन्स


Advertisement Image
clock icon 3 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ शिशुवास्थित लक्ष्मी आदर्श माविमा १० हजार लिटरको खानेपानी टंकी शिलान्यास भएको छ । 

लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना तथा इन्टरनेशनल विद्यालय लाउसाने स्वीजरल्याण्डको आर्थिक सहयोमा टंकी निर्माण गर्न लागिएको हो । 

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शिलान्यास गरे । 

खानेपानी टंकी निर्माणका लागि स्वीजरल्याण्डबाट नेपाल घुम्न आएका २६ जना विद्यार्थीले खाजा खर्च खटाएर सहयोग गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेले लायन्स क्लब शुद्ध सामाजिक संस्था भएकोले बिना भेद्भाव जहाँ आवश्यकता त्यहाँ सहयोग गरेको बताए ।

परियोजना निर्देशक सोनाम साङ्पोले २०८२ मा क्लबले नौ वटा विद्यालयमा खानेपानी टंकी निर्माण गरिने जानकारी दिए । 

विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी क्लबले विद्यालयका करिब एक हजार विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्था गरेर ठूलो गुन लगाएको बताए ।

डिष्ट्रिक गुइन्स एडभाइजर रुद्र घलेले क्लबले सामाजिक सेवामा निरन्तर कार्यको प्रशंसा गरे ।

शिक्षक-अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जम्मरकट्टेलले विद्यालयमा सहयोग गरेकोप्रति अन्नपूर्ण लायन्सप्रति आभार व्यक्त गरे ।

क्लब अध्यक्ष गणेश छबिको अध्यक्षतमा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा असिष्टेन्सन चिफ एडभाइजर डम्मरसिंह गुरुङ र सुरेशबहादुर श्रेष्ठ, सचिव श्यामप्रसाद साखीलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.