बैशाख ०६, २०८२, शनिबार

पाेखरा नेपाल सुपर लिगकाे प्लेअपमा


Advertisement Image
clock icon 3 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि शानदार जित निकाल्दै पोखरा प्लेअफमा पुगेको हो । 

काठमाडाैँकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बेलुकी सम्पन्न खेलमा पोखराले बुटवललाई २-० ले पराजित गरेको हो ।

पोखरालाई जिताउन आयुष घलान र बिएस्सी विलियमले एक-एक गोल गरे।

जितसँगै पोखराले ६ खेलबाट ८ अंकसहित प्लेअफमा ठाउँ बनाएको हो । पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

पोखराको जितसँगै अन्तिम खेल खेल्न बाँकी रहेको झापा एफसी पनि प्रतियोगिताबाट बाहिरिएको छ । 

झापाको पाँच खेलबाट चार अंक छ। अब ६ खेलबाट आठ अंक भएको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ ।

यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ। पराजित भए लिग चरणबाटै बाहिरिनेछ ।

Copyright © 2024 | All rights reserved.