बैशाख ०६, २०८२, शनिबार

रेडक्रस सोसाइटी कास्कीमा पहिलो पटक महिला नेतृत्व


Advertisement Image
clock icon 3 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीमा १७औँ अधिवेशनबाट निर्वाचित उर्मिला खड्का भण्डारीको नेतृत्वमा निर्वाचित पदाधकारी तथा सदस्यको पदस्थापन भएको छ । 

संस्थाको अध्यक्ष पदमा कृष्णप्रसाद तिमिल्सिनालाई एक मत अन्तरले हराउँदै उर्मिला निर्वाचित भएकी थिइन् । 

खड्काले एक सय २७ मत ल्याउँदा तिमिल्सिनाले एक सय २६ मत प्राप्त गरेका थिए ।

उनीहरुलाई रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल र रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले पदस्थापन गराएका हुन् ।

साथै सभापति खड्काले पदाधिकारी र सदस्यलाई कलम र डायरी प्रदान गरी पदस्थापन गराएकी हुन् । 

कार्यक्रममा कर्मचारीले निवर्तमान सभापति शर्मालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरे । 

कार्यक्रमा रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष पाण्डेले नयाँ मार्ग पहिल्याएर सामूहिक र संस्थागत रुपमा अघि बढ्न आवश्यक रहेको बताए । 

उनले निर्वाचन उम्मेद्वारबीचको प्रतिस्पर्धाको खेल भएको भन्दै निर्वाचन पद्धतिलाई स्वीकार गर्नुपर्ने बताए । 

रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष ढकालले निर्वाचनले कास्की रेडक्रसमा नयाँ आयाम थपेको उल्लेख गर्दै पहिलो महिला सभापति बनेको कास्की रेडक्रसले नमुना काम गर्नुपर्ने सुझाव दिए ।

रेडक्रस कास्की सभापति खड्काले ६० वर्षको इतिहासमा सबैको साथ, सहयोगले कास्की रेडक्रसले पहिलो पटक महिला सभापति पाउँदा गर्व महसुस गरेको बताइन् । 

रेडक्रस कास्कीका निवर्तमान सभापति शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने स्वयंसेवक र कर्मचारीप्रति आभार प्रकट गर्दै उनले उचाइमा पुगेको रेडक्रसको प्रतिष्ठालाई जोगाई राख्न सुझाव दिए । 

नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले रेडक्रस बुझेको कार्यसमिति आएकाले रेडक्रस अभियान सशक्त बन्ने विश्वास व्यक्त गरे ।

रेडक्रस कास्कीका लेखा प्रमुख गणेश कोइरालाले नयाँ कार्यसमितिले गरेको नीतिगत निर्णयलाई कर्मचारीले इमान्दारीपूर्वक कार्यान्वयन गर्ने बताए ।
 

Copyright © 2024 | All rights reserved.