बैशाख ०६, २०८२, शनिबार

महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 1 day, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ वैशाख ५ गते शुक्रबार, इस्वीसंवत अप्रिल १९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको पञ्चमी तिथि दिनमा १ः३९ बजेसम्म त्यसपश्चात् षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा मूल अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा परिध ४१ घटि ३७ पलासम्म त्यसपछि शिव लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३२ घटि ०८ पला अर्थात १२ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः३८ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः३६ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः५६ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज सरकारी काममा समस्या पर्नेछ, छोराछोरीसँग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पूर्व र उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ । 

वृषः आफन्तसँग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

मिथुनः आज स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ । 

कर्कटः आज सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसँग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

सिंहः आज गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्याः आज चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्ना कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ । 

तुलाः आज समय अत्यन्तै श्भ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

वृश्चिकः आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्ना छोराछोरीले धोका दिन सक्नेछन्,  गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पश्चिम दिशाको यात्रामा ध्यान पुर्‍याउनुहोला । 

धनुः आज यसअघिका समस्या आज समाधान हुने देखिन्छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, पछि हट्नु ठीक छैन, धार्मिक भ्रमणसमेत आज हुन सक्नेछ तर आफन्तसँग अलि सतर्क हुन आवश्यक देखिन्छ, आज खेलकुदमा सहभागी हुन मन लाग्नेछ, तर पश्चिमतर्फको यात्रा पनि नगर्दा राम्रो हुनेछ ।

मकरः आज जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भः आज स्वास्थ्य राम्रो रहनेछ, आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ ।

मीनः आज आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्ना कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

साहित (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३९ बजेदेखि ७ः१५ बजेसम्म चर बेला
बिहान ७ः१५ बजेदेखि ८ः५१ बजेसम्म लाभ बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म अमृत बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म काल बेला
दिनमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म शुभ बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म रोग बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म उद्धेग बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म लाभ बेला
साँझ ७ः५२ बजेदेखि ९ः२२ बजेसम्म अमृत बेला
राति ९ः२२ बजेदेखि १०ः३९ बजेसम्म काल बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म शुभ बेला
राति १२ः०३ बजेदेखि १ः२७ बजेसम्म रोग बेला
राति १ः२७ बजेदेखि २ः५० बजेसम्म उद्धेग बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म चर बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३८ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.