बैशाख ०६, २०८२, शनिबार

शुक्ला साहित्य प्रतिष्ठानको भित्तेपात्रो सार्वजनिक


Advertisement Image
clock icon 15 hours, 26 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले नव वर्ष २०८२ को अवसरमा नयाँ वर्ष विशेष लेख, रचना वाचन तथा भित्तेपात्रो सार्वजनिक गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, पोखरा महानगर वडा नं १९ का वडाध्यक्ष  पुष्पेन्द्र पाण्डे,  वडा नं १६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँलगायतले पात्रो सार्वजनिक गरे । 

कार्यक्रममा नेपालीले साहित्य भनेको सुवोध, सरल र जनसाधरणको मन छुने खालको हुनुपर्नेमा जोड दिए । उनले सबैले बुझ्ने खालको साहित्य सदैव लोकप्रिय बन्ने स्पष्ट पारे ।

उनले यथार्थपरक लेखनीका कुरा गर्दै जुनसुकै विधाको भए पनि साहित्य जिवन र जगतको चित्रणमा केन्द्रित हुने स्पष्ट पारे ।

पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साहित्यले समाज रुपान्तरणमा ठूलो भूमिका खेल्ने भएकोले सामाजिक विकृति विसंगतिलाई दृष्टिगत गर्दै आफ्ना कलमहरु सामाजिक रुपान्तरणको पक्षमा कोर्न आग्रह गरे ।

पोखरा-१६ का कार्यवाहक वडाध्यक्ष राजकुमारी बानियाँले शुक्ला साहित्य प्रतिष्ठानले भाषा साहित्यको विकासमा निरन्तर गर्दै आएका गतिविधिको प्रशंसा गरे ।

कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिम्सिना, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी, विन्ध्यवासिनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दिप थापालगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका मानार्थ सदस्य, अग्निधर शर्मा, नेत्रबहादुर बानियाँ, इन्दु भट्टराई, सुमनराज पौडेल,सल्लाहकार शिव त्रिपाठी, सुवास अधिकारी र साहित्यकार मोहन प्रसाद पौडेल तथा बोधराज आचार्यले आ आफ्ना लेख रचना प्रस्तुत गरेका थिए । 

संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत र सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए । संस्थाले उपाध्यक्ष दीपेन्द्र बानियाँको संयोजकत्वमा पंचाङ्ग सहितको भित्तेपात्रो प्रकाशन गरेको छ ।

Copyright © 2024 | All rights reserved.