0
प्रतिक्रिया
पोखरा । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाइँको नेतृत्वमा जनप्रतिनिधिसहित २८ जनाको टोलीले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँलगायतसँग शिष्टाचार भेटघाट गरेको छ ।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाइले स्वागत गरे थिए ।
सो क्रममा एक अर्कामा अनुभव साटासाट गर्नुका साथै असल अभ्यासका बारेमा छलफल तथा अन्तरक्रियासमेत भएको थियाे ।
पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम छ ।
पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकासँग पनि भगिनी सम्बन्ध कायम गरेको छ ।
साथै विदेशका १४ बढी शहरसँग यस प्रकारको सम्बन्ध कायम गरेको पोखरा महागपालिकाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.