0
प्रतिक्रिया
पोखरा । माझठाना पोखरा सम्पर्क समाजको अध्यक्षमा शारदा लामिछाने चुनिएकी छन् । संस्थाको आठाैँ साधारणसभा एवं पाँचौ अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
समाजको प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा नरेश तिवारी, सचिवमा विष्णुहरि तिवारी, कोषाध्यक्षमा बद्रीनाथ भुर्तेल, सहसचिवमा सुमनबाबु अधिकारी, सहकोषाध्यक्षमा धनकुमारी भुर्तेल छन् ।
कार्यसमिति सदस्यमा राधिका भुर्तेल, विनोद तिवारी, हरिप्रसाद कंडेल, सूर्यराज चपाई, रामप्रसाद कोइराला, वीरेन्द्रराज भुर्तेल, हरिमाया तिवारी, लक्ष्मण बास्तोला, चिरन्जिवि भुर्तेल, राजेन्द्रप्रसाद तिवारी, कृष्णबहादुर भुजेल र विष्णुप्रसाद कंडेल छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ्गले जनताको बलले प्राप्त उपलव्धिको रक्षा गर्दै समग्र विकास निर्माणमा जुट्न आग्रह गरे ।
समाजले सामाजिक, आर्थिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले यसको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष एवं समाजका सदस्य वैनबहादुर गुरुङ्गलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजद्धारा प्रकाशित नयाँ बर्ष २०८२ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।
सो अवसरमा क्यान्सर रोग पीडित रतन परियारको उपचारार्थ ५८ हजार पाँच सय १७ रुपैयाँ नगद सहयोग गरिएको थियो ।
कार्यक्रममा भूमि आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङ्ग, पोखरा २८ का वडाध्यक्ष एवं समाज संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, सल्लाहकार ऋषिराम लामिछाने, तोयनाथ लामिछाने, दयाराम तिवारी, दर्गादत्त भुर्तेल, डा. मानबहादुर केसी, सूर्य तिवारी, हरिप्रसाद बास्तोला, टुकाराम लामिछाने, खीमबहादुर गुरुङ्गलगायतले बोलेका थिए ।
समाजका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नरेश तिवारीले सांगठानिक र कोषाध्यक्ष विष्णुहरि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Copyright © 2024 | All rights reserved.