जेठ २९, २०८२, बुधबार
ट्रेन्डिङ

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा तिवारी नियुक्त


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तिवारीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् ।

सरकारले कार्यकारी निर्देशक छनोटका लागि प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव बाबुराम गौतम सदस्यसचिव थिए ।

समितिले तिवारीसँगै भानुभक्त पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो । कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानुभक्त पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा. होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले थिए ।

यसैगरी बाबुराम केसी, डा. गोविन्दबहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्राडा. कुसुमाकर न्यौपानेको दरखास्त परेको थियो ।

Copyright © 2024 | All rights reserved.