0
प्रतिक्रिया
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर लोकर्पण गरेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहाल, संस्थापक अध्यक्ष मदन शर्मा खनाल, पूर्वअध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङ, सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापालगायतले क्यालेन्डर लोकार्पण गरे ।
परिषद्का अध्यक्ष पहारीले पर्यटन क्षेत्रका विभिन्न गतिविधिमा एनटिभिए गण्डकीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
एनटिभिए गण्डकी अध्यक्ष दाहालले संस्थाले आफ्ना नियमित कार्यक्रमअन्तर्गत क्यालेन्डर प्रकाशन गरेको बताउँदै नयाँ वर्षले सबैमा खुसी, सुखी र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
संस्थापक अध्यक्ष खनालले नयाँ वर्ष सबैका लागि खुसी, सुखी, आर्थिक समृद्धि र दीर्घ जीवनका लागि महत्वपूर्ण बन्ने कामना गरे ।
अध्यक्ष दाहालको सभापतित्वका भएको कार्यक्रमको सञ्चालन हासचिव विकासप्रसाद कंडेलले गरेका थिए ।
क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं संस्थाका सचिव श्याम लामिछानेले प्रकाशनका विविध पक्षबारे प्रकाश पारेका थिए ।
क्यालेन्डर प्रकाशन समितिका सदस्यमा शोभाखर तिवारी र आनन्दराज अधिकारी छन् ।
Copyright © 2024 | All rights reserved.