0
प्रतिक्रिया
बागलुङ । बागलुङ उद्योग वाणिज्य संघमा निर्वाचित सदस्यबाट पदाधिकारी चयन गरिएको छ ।
संघको १९औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित राजनकुमार शाक्यको अध्यक्षतामा शुक्रबार सम्पन्न तेस्रो बैठकले पदाधिकारी चयन गरेको हो ।
बैठकबाट वरिष्ठ उपाध्यक्षमा ऋषिराम गौतम, प्रथम उपाध्यक्ष नवीन कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष केशव वझा, महासचिव ईन्द्रमणि पौडेल (अर्जुन), कोषाध्यक्ष मनिष राजभण्डारी, उपमहासचिव अर्जुनप्रसाद कँडेल, सहकोषाध्यक्ष चन्द्रराज रेग्मी र महिला सचिवमा सिर्जना राजभण्डारी चयन भए ।
संघको विधानमा अध्यक्ष, खुला सदस्य १४, महिला उद्यमी सदस्य दुई, उद्योग सदस्य दुई, मनोनित सदस्य चार र निर्वतमान अध्यक्षसहित २४ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ ।
विधानअनुसार अध्यक्ष शाक्यले केशव ओझा र मीना जिसी कँडेललाई सदस्यमा मनोनित गरेका छन् ।
Copyright © 2024 | All rights reserved.