असार २५, २०८२, बुधबार

सुनका गरगहना ठगेर भागेकी बागमाराकी थापा पक्राउ


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सुनका गरगहना ठगेर भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा-३१ बागमारा बस्ने ४६ वर्र्षीया मनमाया थापा छन् ।

कास्की प्रहरीका अनुसार थापाले गत मंसिर २९ मा बागमाराकै ७२ वर्षीय बृद्ध महिलालाई ललाईफकाई गरी चार लाख ८७ हजार बराबरको गरगहना मागेकी थिइन् ।

साथै थापाले गत भदौ २६ मा पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्कस्थित सुन पसलबाट सिक्री, बल मुन्द्रा, मिनिहार, औंठी, पिन्जडा, हेन्ड चेन, बेरुवा औंठी समेत गरी सात लाख ५४ हजार बराबरका गरगहना खरिद गरी सोही रकम बराबरको बैंकको चेक दिएकी थिइन् ।

उनले चेकमा भने हस्ताक्षर गलत गरेकी थिइन् । उनी सम्पर्क विहीनसमेत भएकी थिइन् । बैंकका चेक नसाटिएपछि पसल सञ्चालकले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।   

पक्राउ परेकी थापाविरुद्ध जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा दिन सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.